सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष ७, आईतबार (१ साल अघि)
  • ३९८ पटक पढिएको

सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं २ का २८ वर्षीय सुक बहादुर तामाङलाई सासुको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार गत मंसिर ३० गते मण्डनदेउपर नगरपालिका वडा नं १ गैरीगाउँ घिसिङ टोल बस्ने वर्ष ५२ की तिनमाया तामाङ आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको आधारमा सुक बहादरलाई पक्राउ गरेको जानकारी दिए।

अनुसन्धानका क्रममा सुक बहादुर तामाङलाई मृत्तक सासु आमा तिन माया तामाङले काम नगर्ने भनि सधै गाली मात्र गरिरहने र सो दिन पनि गाली गरेकोले सासुआमा तिनमाया तामाङलाई मुक्का प्रहार गरी, टाउको थाममा ठोक्काई हत्या गरेकोे प्रहरीले जनाएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस