अस्ट्रेलियाको राजदूतमा कांग्रेसबाट चित्रलेखा यादवको नाम सिफारिस

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ भाद्र २४, सोमबार (१ साल अघि)
  • ४१३ पटक पढिएको

अस्ट्रेलियाको राजदूतमा कांग्रेसबाट चित्रलेखा यादवको नाम सिफारिस

अस्ट्रेलिया लागि नेपाली राजदूतमा चित्रलेखा यावदको नाम सिफारिस भाएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेसले सोमबार अस्ट्रेलियाका राजदूतमा केन्द्रिय सदस्य यादवको नाम सिफरिस गरेको हो।

यसअघि कांग्रेसले नै अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो। तर, इजराजयबाट फिर्ता हुँदा सहयोगी नफर्काएको उजुरी परेपछि उनको नाम राजदूतबाट फिर्ता लिइएको थियो।

सोही स्थानमा कांग्रेसले यादवको नाम सिफारिस गरेको हो। कांग्रेसको सिफारिसका आधारमा अब बस्ने मन्त्रिपरिषद बैठकले उनको नाम सिफारिस गर्नेछ।

यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख हुन्। उनी शिक्षा मन्त्री समेत बनेकी थिइन्। गत निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस