गण्डकी प्रदेश सांसद दीपक मनाङे पक्राउ

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
  • २८७ पटक पढिएको

गण्डकी प्रदेश सांसद दीपक मनाङे पक्राउ

ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे पक्राउ परेका छन्।

प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो। कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने छ।

कात्तिक २० गते ज्यान मार्ने उद्योगमा सर्वोच्च दालतबाट उनी दोषी ठहर भएका थिए। तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको थियो।

मनाङेलाई २०६९ सालमा पुनरावेदन अदालतले ५ वर्ष कैद सजाय सुनाएको थियो। सर्वोच्चले दोषी ठहर गरे लगत्तै मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस