भुटानी राजाले दर्शन गरे स्वयम्भूनाथ

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ मंसिर २१, शुक्रबार (११ महिना अघि)
  • ३२४ पटक पढिएको

भुटानी राजाले दर्शन गरे स्वयम्भूनाथ

|भूटानी नरेश –बौद्धनाथको अवलोकन काठमाडौँ, २१ मङ्सिरः अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौँ आइपुग्नुभएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक बौद्धनाथको अवलोकन गर्दै । तस्बिरः किरणराज विष्ट÷रासस

भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै स्वयम्भू दर्शनका लागि पुगेका उनलाई स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा स्वागत गरेका थिए।

करिब आधा घण्टा त्यहाँ रहेका उनले स्वयम्भूनाथ परिसरबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए।

आज बिहान नेपाल काठमाडौं आइपुगेका वाङचुकले स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ।

भारतबाट काठमाडौँ आएका उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस