नेपाल निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ माघ २, बुधबार (१ साल अघि)
  • ४३० पटक पढिएको

नेपाल निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै आन्दोलनको घोषणा गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले १४ बुँदे माग पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिँदै आन्दोलनको घोषणा गरेको हो। महासंघले माघ ३ गतेदेखि २१ गतेसम्म आन्दोलन गर्ने छ।

महासंघले आफ्ना माघ बारे माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री, सम्बन्धित मन्त्री, प्रदेशका मुख्यमन्त्रीलगायत निकायमा ज्ञापनपत्र बुझाइने महासंघले जनाएको छ। त्यतिबेलासम्म माग सम्बोधन नभए माघ १८ गते माइतीघरमा धर्ना, माघ २० गते प्रधानमन्त्रीको निवास बालुवाटारमा धर्ना र माघ २१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने महासंघले चेतावनी महासंघले दिएको छ।

त्यसपछि पनि माग पूरा नगरिए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनलाई सशक्त बनाइने महासंघका अध्यक्ष रवि सिंहले बताएका छन्।

उनले सरकारले नै पर्याप्त बजेट विनियोजन नगरेका कारण आयोजनाहरूको म्याद थप गर्नुपर्ने अवस्था आए पनि त्यसको दोष निर्माण व्यवसायीलाई लगाउने गरिएको बताए।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस