ब्लाइण्ड टि–२० विश्वकपको सेमिफाइलनमा नेपाल पाकिस्तानसँग पराजित

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ मंसिर १६, आईतबार (७ महिना अघि)
  • २८२ पटक पढिएको

ब्लाइण्ड टि–२० विश्वकपको सेमिफाइलनमा नेपाल पाकिस्तानसँग पराजित

नेपाल ब्लाइण्ड टि–२० क्रिकेट विश्वकपको सेमिफाइनलमा पराजित भएको छ ।

पाकिस्तानमा जारी प्रतियोगितामा नेपाल सेमिफाइनलमा घरेलु टोलीसँग १० विकेटले पराजित भयो। नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा विनाक्षति भेट्टायो।

पाकिस्तानका लागि कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए।

त्यसअघि नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए।

बलिङमा पािकस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए।

पाकिस्तान अपराजित रहँदै फाइनल पुगेको हो। समूह चरणमा पनि नेपाल पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस