मुख्यसचिव अर्यालले गरे पदबहाली

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १६, आईतबार (१० महिना अघि)
  • ३७१ पटक पढिएको

मुख्यसचिव अर्यालले गरे पदबहाली

नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले आइतबार पदबहाली गरेका छन्।

अर्याल शुक्रबार मुख्य सचिवमा नियुक्त भएका थिए। सिंहदरबारमा पद बहालीका क्रममा अर्याललाई कर्मचारीहरुले फूलमालासहित स्वागत गरे।

निवर्तमान मुख्यसचिव लिलादेवी गड्तौलाको अवकासलगत्तै गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो।

अर्याल झण्डै १५ महिना मुख्यसचिवका रुपमा कार्यरत रहने छन्। अर्याल चौंथो वरियताबाट एकैचोटी मुख्यसचिव भएका हुन्।

मुख्यसचिवमा पदबहालीलगत्तै अर्यालले सचिवहरुको बैठक डाकेका छन्।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस