बीआरआईबारे निर्णय लिन कांग्रेस शीर्ष नेताहरू छलफलमा

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १२, बुधबार (१ साल अघि)
  • ३९७ पटक पढिएको

बीआरआईबारे निर्णय लिन कांग्रेस शीर्ष नेताहरू छलफलमा

सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरू अहिले छलफलमा छन्।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) आधिकारिक धारणा बनाउन कांग्रेस शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। छलफलमा सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ।

बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महतलगायत नेताहरू सहभागी भएको बताइएको छ।

प्रधानमन्त्री केपी ओली चीन भ्रमणको मिति नजिकिएसँगै अहिले बीआरआईको चर्चा चुलिएको छ।

कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने, तर अनुदान भने लिन सकिने बताउँदै आएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस