मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ८, शनिबार (७ महिना अघि)
  • १४७ पटक पढिएको

मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन्।

शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्ता विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सुमधुर हुने बताएका हुन्।

‘मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध समधुर हुन्छ । हामी यसरी नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सधैं अगाडि बढाउन चाहन्छौं,’ उनले भने।

साथै उनले क्षेत्रपाटी अस्पतालले १३ वर्षसम्म यो क्षेत्रका टोलबासीहरुलाई गौरवको महशुस गराएका समेत बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस