नेपालको पहिलो महिला राजदूत बिन्दाश्वरी शाहको निधन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष १८, बिहिबार (१ साल अघि)
  • ३७२ पटक पढिएको

नेपालको पहिलो महिला राजदूत बिन्दाश्वरी शाहको निधन

पहिलो नेपाली महिला राजदूत बिन्दास्वारी शाहको बिहीबार निधन भएको छ। २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा बिहीबार बिहान निधन भएको हो।

शाहको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

२०४४ सालमा परराष्ट्र सेवाबाट शाह नेपालकै पहिलो महिला राजदूत (भारतका लागि) भएकी थिइन् । बिन्दाश्वरी बैंकर अनिलकेशरी शाहकी आमा हुन्।

भारतमा राजदूतपछि सेवानिवृत्त हुनुअघि केही समय परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारी सम्हालिन्।

बिन्दाश्वरी शाहको जन्म सन् १९३३ मा भारतको खर्साङमा भएको थियो। बिन्दाश्वरीका बुवा पद्मसुन्दर मल्ल तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका कारण देश छाड्न बाध्य भएका थिए।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस