फोनिज काभ्रेको अध्यक्षमा पुनः इन्द्रबहादुर थापा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष २८, आईतबार (११ महिना अघि)
  • २७५ पटक पढिएको

फोनिज काभ्रेको अध्यक्षमा पुनः इन्द्रबहादुर थापा

काभ्रे। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) काभ्रेको अध्यक्षमा पुनः इन्द्रबहादुर थापा सर्वसम्मत चुनिएका छन् । शनिबार धुलिखेलमा भएको छैठौं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा भेषराज दनुवार, सचिवमा सनम सुवाल, सह-सचिव विपाशना शाक्य, कोषाध्यक्षमा धनबहादुर लामा (डिबि) निर्वाचित भए। सदस्यमा चन्द्रबहादुर लामा, अशोकबुद्ध लामा मिप्चन, चेतबहादुर माझी र सन्देश घले निर्वाचित भए । फोनिजले देशभरका जिल्लाहरुमा अधिवेशन गरिरहेको छ।

जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष गजुरधन राईले गरेका थिए । अधिवेशनको उद्घाटन सत्रमा रोशी गाउँपालिकाका अध्यक्ष एवं फोनिजका जिल्ला संस्थापक अध्यक्ष दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, पूर्वअध्यक्षहरु महेश पौडेल र मोतीराम तिमल्सिना, फोनिज बागमती प्रदेशका इन्चार्ज पेमा लामा, अध्यक्ष इन्द्रबहादुर थापा, जिल्ला स्थित प्रेससँग सम्वन्धित संघ संस्थाका अध्यक्षहरुले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए

फोनिज काभ्रेको छैंटौ जिल्ला अधिवेशनका अवसरमा अग्रज पत्रकार मानकाजी सुवाल सम्मानित भएका छन्।शनिबार धुलीखेलमा आयोजित अधिवेशनको उद्घाट्न सत्रमा फोनिज काभ्रेले अग्रज पत्रकार मानकाजी सुवाललाई सम्मान गरेको हो।

फोनिज काभ्रेका सस्थापक सदस्य समेत रहेका मानकाजी सुवाल विगत लामो समयदेखि काभ्रेको पत्रकारितामा क्रियाशील रहेका छन्। पुरस्कारको राशी ५ हजार ५५५ रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस