रामेछापमा सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ पौष २३, मंगलबार (१० महिना अघि)
  • २८९ पटक पढिएको

रामेछापमा सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

रामेछाप । रामेछापका सात हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने भएको छ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरी समेत गरी ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिए।

छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमनपापिलोमा भाइरस विरुद्धको खोप लगाइने उनले बताए। खोप कार्यक्रम दोस्रो चरणमा सञ्चालन हुने भएको छ।

पहिलो चरण अन्तर्गत माघ २२ देखि २४ गतेसम्म मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको छ।

दोस्रो चरणको खोप माघ २८ देखी ३० गतेसम्म सञ्चालन हुने छ ।दोस्रो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

सुरुमा विद्यालयमै खोप केन्द्र सञ्चालन गरी किशोरीहरूलाई खोप लगाइने र अभियानको अन्तिम दिन नजिकको स्वास्थ्य संस्थाबाट खोप उपलब्ध कार्यालयले जनाएको छ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस