‘शल्यचिकित्सामा अत्याधुनिक प्रविधिले नागरिकको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको छ’

  • काभ्रे खबर
  • / समाज /
  • २०८१ मंसिर ६, बिहिबार (२ हप्ता अघि)
  • ११० पटक पढिएको

‘शल्यचिकित्सामा अत्याधुनिक प्रविधिले नागरिकको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको छ’

धुलिखेल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पछिल्लो समय शल्यचिकित्सा (सर्जरी)मा अत्याधुनिक प्रविधि र तालिम पाएका जनशक्तिले गर्दा नागरिकहरुको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको बताएका छन्।

धुलिखेल अस्पतालले एक दशकदेखि सञ्चालन गर्दै आएको ल्यापरास्कोपिक सर्जरी तालिमको १०औं समूहको समापन सत्रमा सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

‘यति हुँदाहुँदै पनि स्रोतसाधन अभावमा सीमित संख्यामा सर्जनहरुलाई समयानुकुल प्रविधियुक्त तालिम दिन सकिएको छ। यसका लागि धुलिखेल अस्पतालजस्ता प्रतिष्ठानहरुले सरकारसँग सहकार्य गरेर सर्जरी तालिमलाई सरकारी अस्पतालसम्म लैजानु पर्छ,’ उनले भने।

यसपटक अस्पतालले द रोयल कलेज अफ सर्जन्स् अफ इडिजबर्ग, नेप्लिज डाक्टर्स एसोसियसन युके, डाभोस कोर्श सीट्जरल्याण्ड र हेल्थ एक्सचेन्ज नेपालको सहयोगमा नेपालमै पहिलो पटक ‘वेट ल्याब’ सञ्चालन गरेको छ।

धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर डा. बलराम मल्लका अनुसार प्रशिक्षार्थी सर्जनहरुले वेट ल्याबमा मानवलाई झैं शल्यक्रिया गर्ने ल्यापरोस्कोपिक तरिका सिकेका छन्।

३ दिने तालिममा विभिन्न अस्पतालका २० र धुलिखेलका २ गरी २२ जना सर्जनहरु सहभागी थिए। कम्तीमा ३० वटा सर्जरी गरिसकेको सर्जनहरुमात्रै तालिममा सहभागी थिए।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस