नेप्सेमा ठूलो अंकको गिरावट

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८१ भाद्र ११, मंगलबार (१ साल अघि)
  • ४८९ पटक पढिएको

नेप्सेमा ठूलो अंकको गिरावट

मंगलबार नेप्से परिसूचक ठूलो अंकले गिरावट आएको छ। मंगलबार नेप्से १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा आएको छ।

मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको बताइएको छ।

२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले घटेर एक हजार ८२७ रुपैयाँ कायम भएको छ।

मंगलबार तारागाउँ रेजेन्जी होटेल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ।

कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । वाणिज्य बैंकिङ, डेभलपमेन्ट बैंक, लगानी र फाइनान्स समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले घटेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस