काभ्रेमा यसरी मनाइयो  मुख स्वास्थ्य दिवस

  • काभ्रे खबर
  • / स्वास्थ्य /
  • २०८१ चैत्र ८, शुक्रबार (१ महिना अघि)
  • २५५ पटक पढिएको

काभ्रेमा यसरी मनाइयो  मुख स्वास्थ्य दिवस

धुलिखेल/मुख स्वास्थ्य दिवस ‘स्वस्थ मुख : सकारात्मक सोच’ भन्ने नाराका साथ काभ्रेमा पनि मनाइएको छ । मुख स्वास्थ्य दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय काभ्रेद्वारा अन्तर्क्रिया कार्यक्रम गरेको हो दाँत तथा मुख स्वास्थ्यको महत्त्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ । जनस्वास्थ्य कार्यलय काभ्रेपलाञ्चोकले सञ्चारकर्मी र सरोकारवालासंग गरेको अन्तरक्रिया दन्त चिकित्सक डा. दिपा आचार्यले मुख स्वस्थ नहुँदा हुन सक्ने जोखिमबारे जानकारी गराएकी हुन् । उनका अनुसार, मुख स्वस्थ नुहँदा धमनी बन्द भई हृदय घात र स्ट्रोकको जोखिम हुन सक्छ । मुखमा भएका केही कीटाणुहरू फोक्सोमा जाँदा यसले निमोनिया निम्त्याउन सक्ने, पेरियडोन्टाइटिस भनिने गिजाको रोग, अवधि नपुगी बच्चा जन्मिने र कम तौलको बच्चा जन्माउनेसँग जोडिएको हुने उनले जानकारी दिइन् ।

अनुसन्धानले गिजाको रोग भएका मानिसहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुने देखाएको छ । नियमित दाँतको हेरचाहले मधुमेह नियन्त्रणमा सुधार गर्न सकिने उनले बताइन् । उनका अनुसार, जिन्जिभाइटिस ब्याक्टेरिया मस्तिष्कमा जान सक्ने र मस्तिष्कका कोषहरूको सूजन र विनाश निम्त्याउँछ । यो अल्जाइमर रोगसँग जोडिएको हुन सक्छ ।
मुखको स्वच्छता र आहारसँग सम्बन्धित स्वस्थ व्यवहार अपनाउन प्रेरित गर्ने, मुख स्वस्थ्य सम्बन्धी पहल गर्न मुख स्वास्थ्य कर्मी, नीति निर्माता, समुदायका नेताहरु र व्यक्तिहरुलाई एक ठाउमा भेला गरी निवारणका उपायहरुको प्रवर्धन र जरारुकता बढाएर, रोग भार दीर्घकालीन रुपमा कमी गर्न योगदान पुर्याउने उद्धेश्यले दिवस मनाइएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिए ।नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले मुख स्वास्थ्यका तौरतरिका र यसका जोखिमका बारे सचेतना फैलाउन सञ्चार क्षेत्रले भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
जनस्वास्थ्य कार्यालय काभ्रेका पद्मराज कैनीले एक साथ धेरै जनसंख्यामा स्वास्थ्य सन्देश फैलाउन विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सञ्चारकर्मी र सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको बताए ।
तथ्याङ्क अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मँदै तालु तथा ओठ चिरेको, गिजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ । नेपालमा दाँत किराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस