गृह सचिवमा गोकर्णमणि दुवाडी

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २१, शुक्रबार (१ साल अघि)
  • ४९४ पटक पढिएको

गृह सचिवमा गोकर्णमणि दुवाडी

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा भएका छन्।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय अनुसार दुवाडी गृह मन्त्रालयको सचिवमा सरुवा भएका हुन्। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको तथ्यांक कार्यालयको सचिव पदमा कार्यरत थिए।

तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। दुवाडीले आइतबारदेखि गृह सचिवको कार्यभार सम्हाल्नेछन्।

दुवाडीले निर्वाचन आयोग, तथ्यांक कार्यालयसहित विभिन्न मन्त्रालयमा काम गरेको अनुभव छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस