सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (९ महिना अघि)
  • ३६३ पटक पढिएको

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो। समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिवेदनमा सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ।

सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ।

समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए। तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस