विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीले गराइन् विश्व समुदायको ध्यानाकर्षण

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ८, मंगलबार (१ साल अघि)
  • ३९५ पटक पढिएको

विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीले गराइन् विश्व समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गरेकी छिन्।

सोमबार भएको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकमा उनले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराइन्। नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै न्त्री डा. राणाले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गरिन्।

गत अक्टोबरमा ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो। आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो।

सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको परराष्ट्रमन्त्री डा. राणाले ले बताइन्।

यस्तै, उनले विश्वशान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक भएको बताइन्।

ताजा अपडेट

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस