रविलाई बुटबलबाट पोखरा ल्याइयो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (४ महिना अघि)
  • १९८ पटक पढिएको

रविलाई बुटबलबाट पोखरा ल्याइयो

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुटवलबाट कास्कीको पोखरा ल्याइएको छ।

रविलाई भैरहवाबाट बुद्ध एयरको विमानमार्फत आज दिउँसो पोखरा ल्याइएको हो। उनलाई कास्की प्रहरीको हिरासतमा राखिनेछ।

बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भएपनि भिजिबिलिटी कम हुँदा साढे १ बजे मात्र फ्लाइट भएको हो।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकणमा बयानका लागि रविलाई मंगलबार कास्की प्रहरीको हिरासतबाट बुटबल ल्याइएको थियो।

रविसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा ३ दिन बयान लिइएको थियो। उनीसँगको बयान बिहीबार राति सकिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस