जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन, कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (२ महिना अघि)
  • २२४ पटक पढिएको

जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन, कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको नयाँ सञ्चालक समितिको निर्वाचन बुधबार हुँदैछ । जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन, एमाले विरुद्ध कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन बनेको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत मंगलबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ अध्यक्ष पदमा अ्मन पोटे र राजन साक्यबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस माओबादि र नेकपा एसको समर्थन पाएका पोटे बनेपा बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्छन् भने एमालेका साक्य मोडल बचत तथा ऋण सहकारीको प्रतिनिधि हुन् ।
महिला उपाध्यक्षमा राधिका दाहाल घिमिरे, र मिरा सत्याल उपाध्यक्षमा शान्ति लामा तामाङ र ठाकुर नाथ अधिकारी तथा सचिवमा प्रकाश बन्जारा र यदुनाथ हुमेगाईंबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा र हिमाली श्रेष्ठ तथा ६ जना सञ्चालक सदस्यमा अनन्त सत्याल, अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रंजित, बलराम मानन्धर, मोहनकुमार श्रेष्ठ, रोशनकुमार श्रेष्ठ, लक्ष्मण गौतम, सिद्धीलाल श्रेष्ठ, सुदर्शन अधिकारी, श्यामहरि सापकोटा र शिवप्रसाद ढुंगेल गरी १२ जनाको उम्मेदवारी परेको छ ।
महिला सञ्चालक ४ जना चाहिनेमा देवकी तिमल्सिना दाहाल एकजनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएकी छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद भट्टराई र डिल्लीप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । लेखा सुपरिवेक्षण समितिको सदस्यमा प्रेमनाथ शर्मा कोइराला र पवनराज कर्णजीतबीच प्रतिस्पर्धा हुँदैछ बुधबार हुने निर्वाचनमा ३ सय ४६ जना प्रतिनिधि रहेका छन । ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस