नेपाली कांग्रेसले नेतृत्व गरेका देशभरीका नगरपालिकाहरू मध्ये तेस्रो कम बेरूजु भएको पनौतीनगरपालिका

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (१० महिना अघि)
  • ४२२ पटक पढिएको

नेपाली कांग्रेसले नेतृत्व गरेका देशभरीका नगरपालिकाहरू मध्ये तेस्रो कम बेरूजु भएको पनौतीनगरपालिका

नेपाली कांग्रेसले काभ्रेपलान्चोकको पनौति नगरपालिकालाई न्युन बेरुजु हुने उत्कृष्ट तीनमा परेको भन्दै सम्मान गरेको छ । 
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिबेदन अनुसार आ.ब. २०७९।८० मा नेपाली कांग्रेसको नेतृत्वमा रहेका नगरपालिकाहरु मध्ये न्यून बेरुजु 0.१६प्रतिशत कायम गरि तृतीय स्थान हासिल गरेको भन्दै सम्मान गरेको हो । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यसहितका नेताहरुले उक्त नगरपालिकाका मेयर रामशरण भण्डारीलाई सम्मान पत्र प्रदान गरे । यस नगरपालिकाले शिक्षा, स्वास्थ्य र बिकासको क्षेत्रमा एकपछि अर्को लोकप्रिय कार्य गर्दै जनताको मन जितिरहेको छ।
कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ रहेका २१ पालिकाहरुलाई समेत सम्मान गरिएको थियो । 

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस