सहकारीको रकम ठगेर फरार ढोरपाटनका मेयर दिल्लीमा पक्राउ, नेपाल ल्याइँदै

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ११, शुक्रबार (२ महिना अघि)
  • १४८ पटक पढिएको

सहकारीको रकम ठगेर फरार ढोरपाटनका मेयर दिल्लीमा पक्राउ, नेपाल  ल्याइँदै

सहकारी बचतकर्ताको रकम ठगी गर्दै एक बर्षदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतबाट पक्राउ परेका छन्।

सहकारीको रकम अपचलन गरी नेपाली २०८० जेठदेखि फरार रहेपछि बचतकर्ता विचल्लीमा परेका थिए। नेपालीलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो।

उनलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नेपालीविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको जाहेरीमा प्रहरी छानविन शुरु भएपछि नेपाली फरार भएका हुन्। उनी इमेज सहकारीका संस्थापक अध्यक्ष थिए।

नेपाली र सहकारी सञ्चालकले ठगी गरेको आरोपमा १ हजार ५ सयभन्दा बढी बचतकर्ताले बागलुङ प्रहरीमा दिएको जाहेरी अनुरुप जिल्ला अदालतमा दायर भएको हाल विचाराधीन छ। अदालतबाट नेपालीलाई पक्राउ पुर्जी जारी भएको थियो । २०८० साल असार २५ गते मुद्दा दर्ता भएको हो।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस