बिपी राजमार्गको नेपालथोक सडक खण्ड रोशिले बगायो

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (१ साल अघि)
  • ४४६ पटक पढिएको

बिपी राजमार्गको नेपालथोक सडक खण्ड रोशिले बगायो

अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ।

बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो।

नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

बीपी राजमार्गमा घेरै ठाउँमा पहिरो झरेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले सुझाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस