मानव कल्याण समाजलाई सयपत्रिको सहयोग

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (१ साल अघि)
  • ३२६ पटक पढिएको

मानव कल्याण समाजलाई सयपत्रिको सहयोग

बनेपा । सयपत्री प्रतिष्ठान नेपाल जनागालले संस्थापक अध्यक्ष स्व. कृष्णकुमार केसीको आठौं स्मृति दिवसको अवसरमा विहिबार पनौतीको गैरीगाँउमा अवस्थित मानव कल्याण समाज (वाल सेवा घर)मा आश्रित बालवालिकाको लागि खाद्यान्न सामान सहयोग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त स्मृति सभाका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहाकार मोहन दुवालले स्वं केसीले समाजमा पु¥याउनु भएको योग्दानको चर्चा गर्दै मानव कल्याण समाजले बेसहारा बाललालिकाको संरक्षण गर्दै उनिहरुको लालनपालनको लागि गरेका संघर्ष र निरन्तरताको लागि गरेका कार्यहहरुको प्रशंसा गर्नु भएको थियो ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले मानव कल्याण समाजको स्थापनाकालको सघर्ष देखि हालसम्मको गतिविधिहरुबारे जानकारी दिनु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्रद्युम्न न्यौपाने, स्व.केसीको परिवारको तर्फबाट नवराज रिजाल, प्रतिष्ठानका सदस्य रविन विष्ट लगायतले सयपत्री प्रतिष्ठान र स्व. केसीको बारेमा जानकारी दिनु भएको थियो । स्मृति सभामा सयपत्री प्रतिष्ठानले २० हजार बराबरको खाद्यान्न र वालवाललिकाको लागि पाँच हजारको खाजा सहयोग हस्तान्तरण गरेको थियो भने प्रतिष्ठानका आजिवन सदस्य जितेन्द्र श्रेष्ठले .१० हजार र स्व. केसीको परिवारको तर्फबाट आठ हजार नगद सहयोग समेत मानव कल्याण समाजलाई प्रदान गरिएको थियो ।
२०७३ सालको कोजाग्रत पूर्णिमाको दिनमा दिवंगत हुनु भएका स्व. केसीको सम्झानामा प्रतिष्ठानले हरेक वर्ष स्मृति सभा कार्यक्रम संचालन गर्दै आएको छ ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस