‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने शीर्ष नेताबीच सहमति

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (१ साल अघि)
  • ३२८ पटक पढिएको

‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने शीर्ष नेताबीच सहमति

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बन्ने भएको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि (शुक्रबार) बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाएको छ।

सोही विषयमा छलफल गर्न शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस