बासडोल माकोसको १८ औं सभा सम्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २४, शनिबार (४ हप्ता अघि)
  • १५४ पटक पढिएको

बासडोल माकोसको १८ औं सभा सम्पन्न

बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन समारोह पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रममा बाँस्कोटाले सहकारीले गरेका कार्यको प्रशंसा गरे । खराब ऋण नगन्य मात्रामा रहेको, सहकारीको नीतिनियमभित्र रहेर सञ्चालन भइरहेको बासडोल सामुदायिक नमुना सहकारी रहेको बाँस्कोटाले बताए । केही ठूला सहकारीका सञ्चालकका कारण सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बढेकोमा सचेत गराउँदै उनले सञ्चालकले नीति नियममा रहेर सहकारी सञ्चालन गर्नुपर्ने, बचतकर्ताले नियमित अनुगमन र जानकारी लिनुपर्ने उनले वताए ।

संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्वमा भएको कार्यक्रममा १६ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो भने एसईई परिक्षामा सामुदायिक र निजी विद्यालयबाट उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । साधारणसभाकै अवसरमा सहकारी र नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योती उपशाखाद्वारा संयुक्तरुपमा आयोजित रक्तदान कार्यक्रमका रक्तदातालाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बनेपा १२ का वडा अध्यक्ष रामबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योती उपशाखाका सभापती मुकुन्द शर्मा वाग्ले, बहुउद्देश्यीय सहकारी संघबाट मञ्जु घिमिरे, महेन्द्रज्योति नारीचेतन सहकारीकी अध्यक्ष शारदा थापा, जमुनी गणेस साकोसका अध्यक्ष गोपाल बिस्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष राजन थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव रामकृष्ण कुँवरले गरेका थिए ।

साधारणसभाको बन्दसत्रमा सचिव रामकृष्ण कुँवरले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन एवं आ.व.०८१/०८२ को संसोधित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अघिल्लो आर्थिक वर्षमा २०१ जना सदस्य थप भई गत असार मसान्तसम्म पुरुष १०६९, महिला १०४७, बाल सदस्य ३२७ र संस्थागत सदस्य २२ गरि कुल सदस्य संख्या २४६५ पुगेको कुँवरले जानकारी दिए ।

साधारणसभामा कोषाध्यक्ष कल्पना कुँवरले आ.व. ०८०/०८१ को आर्थिक प्रतिवेदन एवं आ.व.०८१/०८२ को संसोधित बजेट तथा कार्यक्रम पेश गर्दै संस्थाको शेयर पूँजी गत असार मसान्तसम्म २ करोड ३४ लाख ८५ हजार ७ सय पुगेको जानकारी दिइन् । यस्तै कुल निक्षेप १७ करोड ५५ लाख २७ हजार ९७५ तथा ऋण लगानी १७ करोड २७ लाख १७ हजार २७० रहेको कोषाध्यक्ष कुँवरले जानकारी दिइन् ।कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कञ्चन भुजेलले पेश गरेका थिए ।

 

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस