खानीखोलामा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (३ हप्ता अघि)
  • १३३ पटक पढिएको

खानीखोलामा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

खानिखोला- जिल्लाको खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार आयोजना गरिएको वडा न: ४ को रियोताल गुम्बाको प्राङ्गणमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुत र खानीखोला गाउँपालिका इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सो कार्यक्रम सप्पन्न भएको हो ।
हरेक बर्ष कार्तिक पुर्णिामाको दिन लाग्ने यो मेला रियोताल गुम्बाको प्राङ्गणमा हुँदै आएको छ । वि.स २०५४ साल देखि सुरु गरिएको यो मेला गाविस अध्यक्ष इन्द्र बहादुर जिम्बाको पाला देखि सुरु भएको बताए । करिब २७ अघिदेखि सुरु भएको यो मेला लाग्ने प्राङ्गण अन्य व्यवस्थापन गर्नका लागि पालिका सरकारबाट अवश्य बजेट सहयोग गर्ने प्रतिबद्धता गराउनु भएको छ ।

यो ऎतिहासिक मेलालाई आफ्नो पितृहरुको नाममा बति बाली विभिन्न परम्परागत सांस्कार अनुसार कामकार्य गरी मेला मनाउँदै आएको लामा गुरुले बताए ।
डाँडागाउँ युवा क्वाबद्धारा आयोजना गरिएको बृहत् सांस्कृतिक कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि निमन्त्रणालाई स्विकार्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष , वडा अध्यक्षहरु, राष्ट्रिय कलाकारहरु, पत्रकार , सुरक्षाकर्मीहरु, सम्पुर्ण उपस्थितहरुमा युवा क्वाबका युवा नेता जीवन घिसिङ, सुमित जिम्बाले धन्यवाद व्यक्त गरेको थिए ।

कार्यक्रममा वडा न: १ अध्यक्ष सन्चमान थिङ, ३ नम्बर अध्यक्ष सागर लामा, ४ नम्बर अध्यक्ष निशान मोक्तान , ५ नम्बर अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, कलाकार सानुबाबु घिसिङ , चेतन लामा, अभिना लामा लगाएत समाजसेवी युवा नेताहरुको उपस्थित रहेको थियो । कार्यक्रमका सभापति तिलक मोक्तान रहेको थियो । सन्चालन युवराज थापाले गरेको थिए ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस