उपनिर्वाचनको मौन अवधि सुरु

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर १४, शुक्रबार (७ महिना अघि)
  • १९९ पटक पढिएको

उपनिर्वाचनको मौन अवधि सुरु

मतदानको ४८ घण्टा अघिबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कानूनी व्यवस्था अनुसार आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु भएको छ।

सोही कानुनी प्रावधानअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो।

निर्वाचन आयोगले गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै भर्चुअल तथा भौतिक दुवै माध्यमबाट मत माग्ने र प्रभावित गर्ने कार्य गर्न नपाइने जनाएको छ।

चुनावी विश्लेषणको सामग्री प्रकाशन तथा प्रसारण गरेर कसैले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेमा मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस