रोशी बाढीपहिरो पीडितलाई नेपाल युवा परिषदको सहयोग

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष २४, बुधबार (६ महिना अघि)
  • २३८ पटक पढिएको

रोशी बाढीपहिरो पीडितलाई नेपाल युवा परिषदको सहयोग

नेपाल युवा परिषद्ले काभ्रेको रोशी गाउँपालिकाका बाढीपहिरो पीडित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ।

बिगत १३ वर्षदेखि युवाहरुको क्षेत्र क्रियाशिल युवा सशक्तिकरण, जलवायु परिवर्तन, युवा उद्यमशीलता लगायका क्षेत्रका कार्य गर्दै आई रहेको परिषद्ले गत असोज दोश्रो साता गएको बाढीपहिरोबाट पीडित परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको संस्थाका केन्द्रीय अध्यक्ष सरोज बानियाँले जानकारी दिए।

वाढीले रोशी गाँउपालिकामा ठुलो परिणाममा भौतिक र मानवीय क्षति भएको थियो। त्यसमा पनि बिभिन्न सामुदायिक बिद्यालयहरुको भौतिक क्षतिले त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक जिवनमा नै असर पर्ने पो हो की भन्ने आशयका साथ नेपाल युवा परिषद र मास्टरपिस एनवाईसीको अगुवाईमा, लायन्स क्लब इको फ्रेण्डी, चिनारी नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल र लुम्बिनी विश्व शान्त मंचको संयुक्त पहल कदमीमा रोशी गाउँपालिका को बाढीपहिरो प्रभावित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण सम्पन्न गरिएको अध्यक्ष बानियाँले बताए।

रोशी गाउँपालिका २१५ जना बाढीपहिरो पिडित विद्यार्थीहरुलाई पुग्ने गरी शैक्षिक सामाग्रीहरु वितरण गरेकोमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद भन्तनाले नेपाल युवा परिषद र परिषद लगायत सहयोगी संस्थाहरुलाई विशेष धन्यवाद व्यक्त गरे।

आज रोशी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा रोशी माध्यमिक बिद्यालयका २१ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको हातबाट शैक्षिक सामाग्री वितरण गरेको कुरा परिषदका केन्द्रिय सदस्य एवं बागमती प्रदेश संयोजक नविन गिरीले बताए।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले शिक्षाको उज्यालो घामबाट बिद्यार्थी भाईबहिनीहरुलाई समाजसँग जोड्न सक्नुपर्छ र विद्यार्थी भाईबहिनीहरुले पनि समाजलाई आफुले सक्दो सहयोग गर्न सक्नुपर्छ भन्दै काभ्रे जिल्लावासीको तर्फबाट पनि नेपाल युवा परिषदलाई धन्यबाद व्यक्त गरे।

बि।सं। २०७२ को महाभुकम्पबाट प्रभावित विभिन्न जिल्लाका विद्यालय तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरको परिषद्ले आगामी दिनहरुमा पनि यस्तै प्रकोपमा परेका विभिन्न स्थानहरुमा समेत शैक्षिक सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखिएको बानियाँले बताए।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस