चन्द्रपुर नगर अस्पतालको शिलान्यास

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ माघ ३, बिहिबार (६ महिना अघि)
  • २३३ पटक पढिएको

चन्द्रपुर नगर अस्पतालको शिलान्यास

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शैया अस्पतालको लागि नया भबन बन्ने भएको छ।

सुबिधा सम्पन्न अस्पताल निर्माणको लागि शिलान्यास गर्दै चन्द्रपुरका मेयर सन्जय काफ्लेले नगरवासीको स्वास्थ उपचार सलब र शुलब तवरले उपलब्ध गराउने चुनाबी बाचा पूरा गर्ने उद्देश्य सहित नयाँ अस्पताल भवनको सिलान्यास गरिएको बताए।

चन्द्रपुर नगरपालिका वडानम्बर ५ स्थीत शन्तानेश्वर महादेब मंन्दिर पछाडी रहेको जमिनमा बन्ने अस्पताल संघिय सरकार र चन्द्रपुर नगरपालिकाको बजेट बाट निर्माण हुनेछ। यस आर्थीक बर्षको लागि भबन निर्माणको लागि साहु कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा निर्माण गर्ने गरि टेण्डर सकार गरेको हो।

तीन बर्ष भित्र पुरा गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ। अन्डरग्राउण्ड पार्किङ्ग सहित सुबिधा सम्पन्नको अस्पताल भबन निर्माण गरिने भएको हो। बजेट अनुसार थप सुबिधाका लागी ठेक्का लगाउदै जाने मेयर काफ्लेले बताए।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस