धुलिखेल अस्पताल र एपिएफबीच उपचार छुटसम्बन्धी सम्झौता

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ फागुन २, शुक्रबार (१ महिना अघि)
  • १५४ पटक पढिएको

धुलिखेल अस्पताल र एपिएफबीच उपचार छुटसम्बन्धी सम्झौता

काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल अस्पताल र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबीच उपचार सेवामा शुल्क छुट दिने विषयको सम्झौतामा हस्ताक्षर भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रे र धुलिखेल अस्पताल काभ्रे बीच सशस्त्र प्रहरी बल नेपालका बहालवाला तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा निजका आश्रित परिवारहरु र वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलव्ध गराउने सम्बन्धी सम्झौता पत्रमा दुबै पक्ष वीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे।क्वा। काभ्रेका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाई र धुलिखेल अस्पतालको तर्फबाट प्रशासकीय निर्देशक डा। विराजमान कर्माचार्यले हस्ताक्षर गर्नुभएको थियो । सेवा लिनका लागि सम्झौता बमोजिम सशस्त्र प्रहरीबाट प्रमाणित भएका कागजातहरु पेस गर्नुपर्ने नं. १५ गणका सुचना अधिकारी डि।एस।पि। लिला बहादुर कार्कीले बताए।

उक्त सम्झौता पश्चात उपचारको विभिन्न शिर्षकमा निम्न बमोजिमका सेवाहरुमा छुट सुविधाहरु प्राप्त गर्नेछन् ।

ताजा अपडेट

२०८१ चैत्र ४, सोमबार

काभ्रेमा एसईईको तयारी पुरा

खोजी गर्नुहोस