नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ भाद्र २३, आईतबार (२ साल अघि)
  • ३६४ पटक पढिएको

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको काश्य पदकले देश कै इज्जत बढेको बताएका छन्।

आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले काश्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामि दिनको सफलताको लागि शुभकामना दिएका हुन्।

‘नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ। त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु,’ पलेशालाई सम्मान गर्दै देउवाले भने।

सो अवसरमा सभापति देउवाले खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैब प्राथमिकताका साथ सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि अझ सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा उनले जोड दिए।

ओलम्पिकमा नेपालललाई पहिलो पदक दिलाएकी पलेशालाई कांग्रेसले आइतबार पाँख लाखरुपैयाँसहित सम्मान गरेको थियो।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस