दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ कार्तिक १६, शुक्रबार (१ साल अघि)
  • ४४२ पटक पढिएको

दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन्। बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन्।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस