आइजिपि फुटवल रनिंग ट्रफी मंसिर १८ देखी हुँदै

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ मंसिर १०, सोमबार (१ साल अघि)
  • ६३८ पटक पढिएको

आइजिपि फुटवल रनिंग ट्रफी मंसिर १८ देखी हुँदै

साँगा/३०औं संस्करणको आइजिपी फुटबल रनिङ ट्रफी यही मंसिर १८ गतेदेखि  नेपाल पुलिस स्कुल सागाँ, काभ्रेमा सुरु हुँदैछ।
प्रतियोगितामा १७ विद्यालयका १८ टिमले प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल पुलिस स्कुलका दुई टिम सहित नेपाल पुलिसकै अन्य स्कुलहरु (सामाखुसी, धरान, दाङ र चितवन) सहित काभ्रे र काठमाण्डौ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहनेछ। लिग कम नकआउट आधारमा सञ्चालन हुने यो प्रतियोगिता पौषको दोस्रो सातासम्म चल्नेछ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः रु. ६०,०००, रु. ४०,००० र रु. २०,००० जित्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ। यस वर्षदेखि खेलाडीहरूको सुरक्षामा ध्यान दिँदै बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस