रास्वपा कार्यकर्तालाई केन्द्रीय कार्यालयमा डाकियो

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ६, आईतबार (९ महिना अघि)
  • ३२० पटक पढिएको

रास्वपा कार्यकर्तालाई केन्द्रीय कार्यालयमा डाकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानीमा रहेका कार्यकर्ताहरूलाई पार्टीको केन्द्रीय कार्याललयमा उपस्थित हुन म्यासेज पठाएको छ।

रास्वपाले मोबाइलमा म्यासेजमार्फत तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको हो। कार्उकर्तालाई यथाशिघ्र चाँडो पार्टी कार्यालयमा उपस्थित हुन भनिएको छ। अहिले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा रास्पा कार्यकर्ताहरु जम्मा हुन थालेका छन्।

संसदको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलनका बिषयमा लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ।

केही समयअघि सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा रविसँगै जोडिएका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको थियो। जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् । लामिछानेलाई प्रहरीले उच्च निगरानीमा राखेपछि पक्राउ गर्न सक्ने आशंकाका कारण कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाइएको हो।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस