विपी राजमार्गमा फसेका ८१ जनाको हेलिकोप्टरमार्त उद्धार

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (६ महिना अघि)
  • २४२ पटक पढिएको

विपी राजमार्गमा फसेका ८१ जनाको हेलिकोप्टरमार्त उद्धार

धुलिखेल । निरतन्तरको वर्षापछि बाढीले विपी राजमार्गमा क्षति पु¥याएपछि अलपत्र परेका यात्रुको हेलिकोप्टरमार्फत उद्धार थालिएको छ।

राजमार्गमा फसेका १ हजार बढी यात्रुमध्ये नेपाली सेनाको हेलिकोप्टरमार्फत ८१ जनाको उद्धार गरिएको छ। उनीहरूलाई काभ्रेकै मंगलटारबाट धुलिखेल ल्याइएको हो।

मंगलटारमा रोशी खोलाले शनिबार राजमार्गमा क्षति पु¥याएपछि आवगमन पूर्णरुपमा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलटारमा अझै १ हजार बढी यात्रु उद्धारको पर्खाइमा रहेको छन्। सेनाको हेलिकोप्टरले त्यहाँ खाद्यान्न पनि पु¥याएको छ।

अहिले उद्धार गरिएकामध्ये १३ जना बिरामी रहेको बताइएको छ।

ताजा अपडेट

२०८२ बैशाख ९, मंगलबार

रविओपी बजगाई टोलमा आगलागी

खोजी गर्नुहोस