सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २, शुक्रबार (१ साल अघि)
  • ४७९ पटक पढिएको

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोली रास्वपाको पार्टी कार्यालय पुगेको छ।

शुक्रबार लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएपछि साँझ उनलाई पक्राउ गर्न सिआइबीको टोली चःमतिस्थि रास्वपा कार्यालय पुगेको हो।

सिआइबीको टोलीसँगै रास्वपा कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

उनलाई पक्राउ गरी आजै कास्की लैजाने तयारी छ।

लामिछाने पक्राउ पर्ने भएपछि रास्वपा कार्यालयमा नेता तथा कार्यकर्ताहरूको भिड लागेको छ।

रास्वपाका नेताहरूले कार्यकर्ताहरूलाई शान्तपूर्वक बस्न आग्रहसमेत गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस