भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्ता पक्षको आग्रह

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ७, बुधबार (१ साल अघि)
  • ५०२ पटक पढिएको

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्ता पक्षको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्तारुढ दलहरूले आग्रह गरेका छन्।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले रास्वपालाई यस्तो आग्रह गरेको हो। सदीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष पनि बैठकले निकालेको छ।

प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई गत साता पक्राउ गरेको थियो। रवि पक्राउ परेपछि त्यसको विरोधमा रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। रविको पक्राउलाई रास्वपाले राजनीतिक प्रतिशोध राखेको बताएको छ।

फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष रहेको एमाले महासचिव शंकर पोखरेलले बैठकपछि सञ्चारकर्मीलाई बर्ता।

अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित नभएको उनले बताए।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस