०७ सालपछिका सरकारहरूमध्ये प्रचण्ड नेतृत्वले ऐतिहासिक काम गरेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १०, शनिबार (४ महिना अघि)
  • ३२४ पटक पढिएको

०७ सालपछिका सरकारहरूमध्ये प्रचण्ड नेतृत्वले ऐतिहासिक काम गरेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि बनेको कुनै सरकारले नगरेको काम माओवादी केन्द्रको सरकारले गरेको दावी गरेका छन्।

शनिबार काठमाडौंमा गरेको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा माओवादी सरकारले ल्याएको बताएका हुन्।

‘हामीले भ्रष्टाचारकोविरुद्घ ठूलो अभियान सञ्चालन गर्यौं। ठगीकाविरुद्घ ठूलो अभियान सञ्चालन गर्यौं। राज्यलाई लुट्नेहरुका विरुद्घ ठूलो अभियान गर्यौं,’ उनले भने, ‘हामी दावाका साथ भन्न सक्छौँ देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम सरकारले ग¥यो।’

उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्याएको बताए।

‘त्यतिखेर भनियो, यो प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भो, नीद हराम भो भनियो। भ्रष्टाचारीहरू, ठगहरू, राज्य लुट्नेहरू त्यसो भन्थे,’ उनले भने, ‘हामीले त्यतिखेर भनेका थियौं जनताले सुखका साथ आनन्दले सुत्ने दिन सुरुवात भएको छ, हामी त्यो चाहन्छौं।’

नेता श्रेष्ठले अहिलेका सरकारमा रहेका व्यक्तिहरु राज्य लुटिरहेका कारण निद हराम हुनुपर्ने बताए। उनले निद्रा जोगाउन चाहे भ्रष्टाचार गरेकाहरु पुलिस कहाँ आत्मसमर्पण गर्न समेत आग्रह गरे।

ताजा अपडेट

२०८१ चैत्र ४, सोमबार

काभ्रेमा एसईईको तयारी पुरा

खोजी गर्नुहोस