आधा केजी सुनसहित साँगाबाट २ जना पक्राउ

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २४, सोमबार (१ साल अघि)
  • २९५ पटक पढिएको

आधा केजी सुनसहित साँगाबाट २ जना पक्राउ

प्रहरीले आधा केजी सुनसहित काभ्रेबाट २ जनालाई पक्राउ गरेको छ।

प्रहरीले काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा रोशी–९ का ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली–१का २९ वर्षीय अमृत श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारको सिटमुनी प्लास्टिकको झोलामा लुकाएर लैजाँदै थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस