अर्थमन्त्री पौडेल डिस्चार्ज भए

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन ५, सोमबार (१ साल अघि)
  • ३२६ पटक पढिएको

अर्थमन्त्री पौडेल डिस्चार्ज भए

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार कीर्तिपुर बर्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

कीर्तिपुर बर्न अस्पतालले विज्ञप्ति जारी गर्दै पौडलको अवस्था सुधारोन्मुख रहेको बताएको छ।

पौडेलसँगै उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको अस्पताले जनाएको छ।

आचार्यलाई उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो। आचार्यको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले भेटमा रोक लगाएको छ।

अर्थमन्त्री पौडेल र मेयर आचार्य पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विस्फोट हुँदा शनिबार घाइते भएका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस