‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

  • काभ्रे खबर
  • / मुख्य समाचार /
  • २०८१ फागुन १९, सोमबार (९ महिना अघि)
  • २८७ पटक पढिएको

‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

काठमाडौं । पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली ः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण भएको छ।

काठमाडौंमा आयोजित एक विशेष समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गरिन्।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखेका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको छ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश छन्। पुस्तक अल्केमी प्रकाशनले गरेको हो।

कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत नेताहरु सहभागी छन्।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस