संविधान दिवसको अवसरमा बेथानचोकमा मावि स्तरीय हाजिरीजवाफ

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ३, बिहिबार (१० महिना अघि)
  • ३५० पटक पढिएको

संविधान दिवसको अवसरमा बेथानचोकमा मावि स्तरीय हाजिरीजवाफ

ढुंखर्क । बेथानचोक गाउँपालिका मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

संविधान दिवसको अवसरमा हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका वडा नं २को संयुक्त आयोजनमा सम्पन्न प्रतियोगिताको उपाधि भैरव मा।वि बेथानचोक–१ ले हात पारेको छ।

बेथानचोक गाउँपालिकाको सभाहलमा संचालित कार्यक्रममा वडा नं. १ कै चक्रेश्वर मावि, च्याम्राङवेशीले द्वितीय स्थान हाँसिल गर्दा वडा नं. ५ को भिमसेनेश्वर मा।वि भंगालाले तृतीय स्थानमा चित्त बुझाएको थियो। प्रतियोगितामा गाउँपालिका भरिका १० ओटै माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए।

बेथानचोक गाउँपालिका भित्र संचालित माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा पाठ्य पुस्तक भन्दा बाहिरका बिषयवस्तुहरुको ज्ञान दिलाउने र अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।

वर्तमान पुस्ता स्क्रिन जेनेरेशन भएको र मोवाइलमा मात्र भुलिरहँदा यस प्रकारका प्रतियोगिताले अध्ययनको सँस्कृति विकास हुने बताउनु भयो । कार्यक्रममा आयोजक वडा नं। २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले वडाले वर्षेनी यस प्रकारका कार्यक्रमहरु गर्दै आइरहेको स्मरण गराउँदै प्रतिस्पर्धाले प्रतिभाको जन्म हुने भएकोले यस प्रकारका प्रतियोगिता आवश्यक रहेको बताए।

सो कार्यक्रममा हातेमाले युवा क्लबका अध्यक्ष सन्तोष तिमल्सिनाले किताब बाहिर पनि ज्ञानको ठूलो दायरा रहेकोले अतिरिक्त क्रियाकलापले पठन संस्कृतिलाई टेवा दिने बनाए। उनले सामाजिक सञ्जालमा भुलिरहेको पुस्तालाई सामाजिक सञ्जाल र अन्य प्लाटफर्ममा ज्ञानवर्धक कुरा खोजी खोजी अध्ययन गर्न आग्रह गरे।

ताजा अपडेट

२०८२ अषाढ ३१, मंगलबार

सञ्चालनमा आयो वीपी राजमार्ग

खोजी गर्नुहोस