विद्यार्थीका लागि पनौतीमा निःशुल्क आँखा शिविर

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ आश्विन ९, बुधबार (१ साल अघि)
  • ८३८ पटक पढिएको

विद्यार्थीका लागि पनौतीमा निःशुल्क आँखा शिविर

पनौती । पनौती नगरपालिकाले विद्यार्थीहरुको लागि निःशुल्क आँखा जाँच शिविरको सुरुवात गरेको छ।

पनौती वडा नं. ७ स्थित पुन्य माविबाट निःशुल्क आँखा जाँच शिविर सुरुआत भएको हो। एक कार्यक्रमबीच निःशुल्क आँखा जाँच शिविरको नगरप्रमुख रामशरण भण्डारीले शुभारम्भ गरे।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिनेछ।

कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको तर्फबाट हिरामणी शर्मा, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनक के।सी।, स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका प्र।अ, शिक्षक र विद्यार्थीहरुको उपस्थिति थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस