दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने एमालेको जोड

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २४, शनिबार (४ हप्ता अघि)
  • ८१ पटक पढिएको

दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने एमालेको जोड

दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेकोमा सत्तारुढ दल नेकपा एमालेले जोड दिएको छ।

शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको छ।

बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो। बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको बताए।

उनले बैठकले प्रधानमन्त्री ओलीलाई चीन भ्रमण अधिकतम उपलब्धिमुलक बनाउन शुभकामना दिएको बताए ।

बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गरेको छ। यस्तै, सत्तारुढ दलहरूबीच थप विश्वासको बातावरण बनाउँदै अघि बढ्नुपर्ने निर्णय गरेको छ।

त्यस्तै, आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ।

प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर परिचालित हुन निर्देशन गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस