ओली सरकार अहिलेसम्मकै कमजोर : राजेन्द्र लिङ्देन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २८, बुधबार (३ हप्ता अघि)
  • २२५ पटक पढिएको

ओली सरकार अहिलेसम्मकै कमजोर :   राजेन्द्र लिङ्देन

बनेपा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार अहिलेसम्मकै कमजोर रहेको बताएका छन्।

काभ्रेको बनेपामा राप्रपा काभ्रेपलाञ्चोक जिल्लाको ८ औं अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपा जनताको आशा र भरोसका रुपमा रहेको दाबी गरेका हुन् ।

काही कतै कसैको अवरोध नहुँदा समेत सरकारले कुनै गति लिन नसको भन्दै र जनताको काम शून्य भएको उनले बताए । यो देशमा सरकार चलाउन सबै खालका अभ्यास भइसकेको तर दुईठुला दल मिलेर सरकार सञ्चालन हुँदा झन जनताले महँगी र पिडा बेर्हनु परेको उनले बताए ।

अहिलेको सरकार बाटो भुलेर बसेको बटुवा कहाँ जाने र के गर्ने हो थाहा हुदैन यस्तै संज्ञादिदै यो एमाले र काग्रेस मिलेर बनेर सरकारले केही काम र जनताको पक्षमा नरहेको उनको भनाई थियो ।

राप्रपा काभ्रेको आठौं जिल्ला अधिवेशनको उद्घाटनको लागि बनेपा आएका लिङ्देनले गत असोजमा आएको बाढी पहिरोमा सरकारको भुमिका नदेखिएको बताए । ‘जनता पीडामा रहँदा समेत सरकार कहाँ थियो थाहा पाएनौं ।, उनले भने, ‘जनतामा धेरै आस थियो, केहि गर्छकी भन्ने लाग्या थियो तर सरकार कुहिरोमा हराएको काग जस्तै अलमलियो ।’

उनले आगामी निर्वाचनमा जिल्लाका सबै वडातहसम्म उममेदवार उठाएर जित हासिल गर्ने अवस्थामा पार्टी पुर्याउन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । गत निर्वाचन मा सबै पालिकामा उममेदवार समेत तय गर्न नसकेको भन्दै अब यो अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

अधिवेशन पार्टीलाई बलियो बनाउने अवसर समेत भएको भन्दै उनले विगतका तितो मिठो अनुभवबाट सिक्दै पार्टी बलियो बनाउन सबै उकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।
कार्यक्रममा राप्रपाका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायतले मन्तब्य राखेका थिए ।
बुधबारबाट सुरु भएको राप्रपा जिल्ला अधिवेशन बिहीबार सकिने तालिका छ ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस