खानिखोलाका बाडिपिडित लाई राहात बितरण

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ कार्तिक २९, बिहिबार (३ हप्ता अघि)
  • १६२ पटक पढिएको

खानिखोलाका बाडिपिडित लाई राहात बितरण

खानिखोला । बुधबार खानीखोला गाउँपालिकामा रहेको बाढीपहिरोमा परेका पीडितहरुका लागि ५० घरघुरीलाई फाईबर सिरग , चामल , तेल, झुल, म्याट सामाग्री कान्छी माया फाउन्डेसन र बोधित्वा बिहारको आर्थिक सहयोगमा राहत वितरण गरेको हो । खानीखोला गाउँपालिकामा पुर्ण क्षेती , रहेका, ५० घरधुरी परिवारलाई राहत वितरण गर्न सबन्धीत स्थान सम्म समन्वय र सहकार्य सहजीकरण गर्नु हुने खानीखोला गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) को उपस्थितिमा ५० घरधुरी परिवार राहत वितरण गरेको छ । वडा न: ४ श्री कुमारी माध्यमिक बिद्यालयमा रहेको आवासीयको लागि चामल , तेल, म्याट , झुल , कपि , ट्रक सुट ,सहयोग वितरण गरेसंगै कान्छी माया फाउन्डेसन र बोधित्वा बिहारसंग आवासीयलाई पछि सम्म केही गर्ने वाचा सहित एक समझौता गरिएको छ ।

युवा नेता तथा समाजसेवी नेकपा माओवादी केन्द्र जिल्ला गाउँकमिटीका सचीव दैबलाल घिसिङ्को पहलमा यस प्रभावित क्षेत्रमा लक्ष्यित गरि राहत वितरण गरेको बताए । घिसिङ्को पहलमा करिब काभ्रे जिल्लाकै १३ वटा स्थानीय तहहरुमा प्रभावित क्षेत्रमा राहत वितरण सम्पन्न गरेसंगै आफ्नो पहल र विभिन्न संघ संस्था आफू स्वयम फिल्डमा खटी राहत वितरण गरेको बताए ।

यस कान्छी माया फाउन्डेसन र बोधित्वा बिहारले बाढीपहिरो संकट ग्रस्त क्षेत्र घोषण गरेका जिल्लाहरुमा राहत सामाग्रीगरु सहयोग गर्दै आएको कान्छी माया फाउन्डेसनका अध्यक्ष डा. डिल बहादुर तामाङले बताए।
राहत वितरण कार्यक्रममा बोधित्वा बिहारका प्रतिनिधि लोक बहादुर बल, विभिन्न संघ संस्था प्रतिनिधिहरु , पालिका कर्मचारी , जनप्रतिनिधिहरुको रोहवरमा पीडितहरुलाई राहत वितरण गरेको छ ।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस