दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ८, शनिबार (२ हप्ता अघि)
  • ५१ पटक पढिएको

दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ।

शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो।

‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’, नगर प्रहरी निरीक्षक लीलाराजा गाछाले लेखेको पत्रमा भनिएको छ।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो। सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो।

ताजा अपडेट

२०८१ मंसिर २१, शुक्रबार

स्वदेश फिर्किए भुटानी राजा वाङचुक

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं आइपुगे भुटानका राजा

खोजी गर्नुहोस