बनेपामा नेवा नुक होटल तथा स्नूकर संचालनमा

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ मंसिर ३०, आईतबार (१ साल अघि)
  • ५८५ पटक पढिएको

बनेपामा नेवा नुक होटल तथा स्नूकर संचालनमा

काभ्रेको बनेपामा नेवा नुक होटल तथा स्नूकर संचालनमा आएको छ।

बनेपा तिनदोबाटो जाने रोडमा गरिमा बचत तथा ऋण सहकारी संस्थासँगै नेवा नुक तथा स्नूकर संचालनमा आएको हो।

बनेपाका धेरै मानिसलाई नेवारी खाजा खुवाउने उदेश्यले नेवा नुक तथा स्नूकर शुभारम्भ गरिएको सञ्चालक विवेक बैजु बताए।

कोठाभित्रै खेल्न सकिने भएकाले मनोरन्जनयुक्त स्नुकर युवाहरुमा लोकप्रिय छ ।

स्नुकर खेलका लागि अहिले ३ वटा विलियर्ड टेवल राखिएको र आवश्यकता अनुसार अन्य टेवलहरू थपिने सञ्चालक बैजुले बताए।

फरक स्वाद दिने उद्देश्यसहित नेवारी खाजा तथा थकाली खाना नर्मल खाना, बर्गर पिज्जा लगायत खानेकुरा पाइने ग्राहकको अडर अनुसार सादा, चिकेन, मटन, माछा, बदेलका परिकार सहितको खाना सेट पाइने नेवा नुकका सञ्चालक निखिल राजबाहकले जानकारी दिए।

‘बनेपामा थकाली किचनहरू थुप्रै छन्। त्यसमध्येमा पनि नेवा नुक तथा स्नूकरमा चाहिँ फरक स्वादका खानाहरू खान पाइन्छ। अरु भन्दा सस्तोमा’‚ उनले भने‚ ‘हाम्रोमा मूल्य पनि महँङ्गो छैन‚ थकाली खानाको मौलिकता स्वाद पाउन सकिन्छ।’

ढिडोसहित खाना खसीको सुकुटी, ह्याकुला, लोकल कुखुरा, माछा, पनि पाइने अर्का सञ्चालक सुधीर बैधले जानकारी दिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस