श्रीलंकाको राजदूतमा नेपालीको नाम अनुमोदन

  • काभ्रे खबर
  • / समाचार /
  • २०८१ पौष १४, आईतबार (१ साल अघि)
  • ४१६ पटक पढिएको

श्रीलंकाको राजदूतमा नेपालीको नाम अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिबाट श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली अनुमोदन भएका छन्।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को गत मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो।

नेपाली त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत थिए। नेपाली माल्दिभ्सको गैरआवासीय राजदूतको लागि पनि सिफारिस भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतमा नियुक्त गरेपछि पदभार समाल्ने छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस